एसएसपी नवराज अधिकारीद्वारा वरिष्ठ सई सुशिलबाबु पोख्रेललाई प्रशंसा पत्रद्वारा विशेष सम्मान प्रदान
वि.सं.२०८३ जेठ ६ बुधवार २१:५४
1.48K
shares
shares

काठमाडौ । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीद्वारा वरिष्ठ सई सुशिलबाबु पोख्रेललाई प्रशंसा पत्रद्वारा विशेष सम्मान प्रदान गरिएको छ।
ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सुशिलबाबु पोख्रेलले सांगठनिक निति निर्देशन बमोजिम सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्नुका साथै विभागीय निति निर्देशनको पुर्ण रुपमा पालना गर्दै ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी संगठनको छवि समेत उच्च राख्न पुर्याउनु भएको योगदानको कदर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभएको हाे ।



















