एसपी रविन कार्कीद्वारा काभ्रे जिल्ला प्रहरी प्रमुखको पदभार ग्रहण

एसपी रविन कार्कीले काभ्रे जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले : सफलताको शुभकामना

2.05K
shares

काठमाडौ । प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले काभ्रे जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भएका एसपी रविन कार्कीले आज आफ्नो जिम्मेवारी सम्हालेका छन्।

पदभार ग्रहण गर्दै एसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफूकेन्द्रित हुने उनको भनाइ थियो ।

‘नेपालको संविधान प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै जिल्लाको सार्वजनिक सुरक्षा शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीलाई परिचालन गर्दै हरपल निष्ठापूर्वक प्रयत्नरत रहनेछु । अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिकता र कानुनको कार्यान्वयनको माध्यमले कानुनी शासनको महसुस हुने गरी काम गर्नेछु,’ उनले प्रतिबद्धता जनाए, ‘अग्रजहरू तथा प्रहरी महानिरीक्षकको निर्देशनका साथसाथै मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप न्याय निष्पक्षता र समानताका साथ काम गर्नेछु ।’

मातहतका प्रहरी इकाइहरूको कमान्डरको कार्यक्षमताका आधारमा मूल्यांकन गर्दै कामको परिणामको आधारमा मूल्यांकन गरिने उल्लेख गर्दै एसपी कार्कीले मातहत इकाइ प्रमुखलाई उच्च व्यावसायिकताका परिणाममुखी काम गर्न निर्देशन दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083