एसपी रामेश्वर पौडेलले सम्हाले जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मेवारी
वि.सं.२०८३ जेठ ६ बुधवार २२:०४
1.81K
shares
shares

चितवन । एसपी रामेश्वर पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मेवारी सम्हालेका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजबाट जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका एसपी रामेश्वर पौडेलले आज आफ्नो जिम्मेवारी सम्हालेका छन्।
पदभार ग्रहण गर्दै एसपी पौडेलले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफूकेन्द्रित हुने उनको भनाइ थियो ।
एसपी पौडेलले जिल्लाको सार्वजनिक सुरक्षा शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीलाई परिचालन गर्दै हरपल निष्ठापूर्वक प्रयत्नरत रहने समेत बताएका छन् ।



















