शिक्षा क्षेत्रको जीडीपी योगदान बढ्ने अनुमान

507
shares

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा शिक्षा क्षेत्रको हिस्सा बढ्ने अनुमान गरिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार शिक्षा क्षेत्रले अर्थतन्त्रमा ९.२२ प्रतिशत योगदान दिने अपेक्षा गरिएको हो। अघिल्लो वर्ष यो योगदान ८.८६ प्रतिशत थियो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा पछिल्ला १० वर्षमा शिक्षा क्षेत्रको औसत योगदान करिब ८ प्रतिशत रहेको उल्लेख गरिएको छ। यद्यपि, चालु वर्षमा शिक्षा क्षेत्रको वृद्धि भने अपेक्षाकृत सुस्त रहने देखिएको छ।

सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानु, निजी विद्यालयमा पनि अपेक्षाकृत कम भर्ना हुनु तथा शिक्षा क्षेत्रमा लगानी घट्नुजस्ता कारणले यस क्षेत्रको मूल्य अभिवृद्धि सीमित हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा यो वर्ष वृद्धि दर घट्ने प्रक्षेपण गरिएको हो।

यद्यपि विद्यालय तहमा विद्यार्थी भर्ना दर भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ। आधारभूत र माध्यमिक दुवै तहमा अघिल्लो वर्षको तुलनामा धेरै विद्यार्थी विद्यालय पुगेका छन्।

देशभर विद्यालयको सङ्ख्या पनि बढेको छ। हाल नेपालमा ३५ हजारभन्दा बढी विद्यालय सञ्चालनमा रहेका छन्, जसमा अधिकांश सामुदायिक विद्यालय रहेका छन्।

तर ग्रामीण क्षेत्रमा विद्यार्थी सङ्ख्या घट्दै जानु शिक्षा क्षेत्रको अर्को चुनौती बनेको छ। बसाइँसराइ, घट्दो जन्मदर र शहरीकरणका कारण गाउँका धेरै विद्यालयमा विद्यार्थी कम हुँदै गएका छन्। सरकारले यस्ता विद्यालयलाई समायोजन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083