डिएसपी कोपिला चुडालद्वारा मनाङ प्रहरी कार्यालयकाे निरीक्षण

कर्मचारीलाई निर्देशन

507
shares

मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडालले कार्यालयको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको छ।

डिएसपी चुडालले कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा तथा फाँटहरूको निरीक्षण गर्नुभई सेवा प्रवाह, कार्यसम्पादन र कार्यालय व्यवस्थापनका विषयमा जानकारी लिनुभएको थियो।

सो अवसरमा उहाँले कार्यरत प्रहरी कर्मचारीहरूलाई “प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी” अनुशिक्षण प्रदान गर्दै जिम्मेवार, अनुशासित र नागरिकमैत्री प्रहरी सेवामा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभएको थियो।

निरीक्षण तथा निर्देशन कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083