डिआइजी अरुण पौडेलद्वारा जिल्ला ट्राफिक कार्यालयकाे तनहुको निरीक्षण
वि.सं.२०८३ जेठ ३१ आइतवार १७:०४
shares

तनहुँ । नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका डिआईजी अरुण पौडेलद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको अनुगमन तथा निरीक्षण गरि कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनु भएको छ।
निर्देशनको क्रममा डिआइजी पौडेलले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, प्रविधिमैत्री तथा नागरिकमैत्री बनाउदै सडक सुरक्षा अभिवृद्धि, दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सेवाग्राहीमैत्री व्यवहार तथा संगठनको अनुशासन र व्यावसायिकतामा रही कार्य गर्न विशेष जोड दिनुभयो ।

साथै, जिम्मेवारी क्षेत्रभित्र हुने ट्राफिक व्यवस्थापनका चुनौतीहरूको पहिचान गरी सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गर्दै समाधानमुखी कार्य गर्न, राजमार्ग तथा शहरी क्षेत्रमा सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न तथा प्रहरी संगठनप्रतिको जनविश्वास अझ सुदृढ बनाउन समेत निर्देशन दिनुभएको थियो।
































