एआईजीसहितको टोलीद्वारा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अनुगमन

390
shares

काभ्रे । भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौतीस्थित दलिन्चोकमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धीविक्रम शाह, गृह मन्त्रालयका सह–सचिव सुमन घिमिरे तथा भारत सरकार परराष्ट्र मन्त्रालयकी सह–सचिव प्रियंका चौहानको आतिथ्यतामा निर्माणाधीन परियोजनाको निरीक्षण तथा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा परियोजनाको निर्माण प्रगति, गुणस्तर तथा कार्यसम्पादन अवस्थाबारे जानकारी लिइएको थियो। टोलीले निर्धारित समयभित्र गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई आवश्यक सुझाव तथा निर्देशनसमेत दिएको थियो।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ई. रामकुमार चौधरी, भारतीय राजदूतावासका काउन्सेलर अविनाश कुमार सिंह, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोल, भारतीय राजदूतावासका प्रतिनिधिहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का इन्जिनियरहरू तथा निर्माण व्यवसायी ACIL–RCPL JV का प्राविधिक एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083