लैनचौर वृत्तका सई घुस लिएको आरोपमा निलम्बित

डिएसपीमाथि के होला ?

780
shares

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी नायब निरीक्षक (सई) गणेश भट्टलाई निलम्बन गरेको स्रोतले जनाएको छ। प्रारम्भिक छानबिनका क्रममा उनीमाथि लागेको आरोप पुष्टि हुने आधार भेटिएपछि विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको बताइएको छ।

प्रहरी स्रोतका अनुसार ठमेल क्षेत्रस्थित एक क्लबसँग सम्बन्धित विषयमा सई भट्टको नाम जोडिएको हो। उक्त क्लबविरुद्ध भारतीय पर्यटकलाई ठगी गरेको आरोपमा उजुरी परेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। त्यसक्रममा क्लब सञ्चालकसँग रकम लेनदेन भएको दाबी गर्दै भिडियो सार्वजनिक गरिएको हो।

स्रोतका अनुसार भिडियो सार्वजनिक भएपछि काठमाडौं प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर घटनाको सत्यतथ्यबारे आन्तरिक अनुसन्धान थालेको थियो। छानबिनको निष्कर्षपछि सई भट्टलाई जिम्मेवारीबाट हटाउँदै निलम्बन गरिएको बताइएको छ।

लैनचौर वृत्त प्रमुख छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाह । सई भट्ट क्युआरटीमा कार्यरत छन् । डिएसपी शाह आफैले राखेको क्युआरटी घुसकाण्डमा परेपछि उनीमाथि पनि नैतिक प्रश्नचिन्ह खडा भएको छ।

यस विषयमा काठमाडौं प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083