एसपी पवन भट्टराईद्वारा ठोरी इलाका प्रहरी कार्यालयको निरीक्षण

सीमा सुरक्षामा कडा निगरानीको निर्देशन

611
shares

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले मातहतको इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण तथा अनुगमन भ्रमण सम्पन्न गर्नुभएको छ।

पर्सा जिल्लाको सुरक्षा कमान्ड सम्हालेलगत्तै उहाँले सीमावर्ती क्षेत्रमा रहेको प्रहरी कार्यालयको स्थलगत निरीक्षण गर्दै कार्यालयको सुरक्षा अवस्था, सेवा प्रवाह तथा कार्यसम्पादनबारे जानकारी लिनुभएको थियो। निरीक्षणका क्रममा प्रहरी कर्मचारीहरूलाई उच्च मनोबल, अनुशासन र व्यवसायिकताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।

एसपी भट्टराईले सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि, चोरी–पैठारी तथा तस्करी नियन्त्रणमा शून्य सहनशीलता (Zero Tolerance) को नीति अपनाउन र सधैं कडा निगरानी राख्न विशेष निर्देशन दिनुभएको छ। साथै, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै कानून कार्यान्वयनमा कुनै पनि प्रकारको लापरवाही नगर्न प्रहरी कर्मचारीहरूलाई सचेत गराउनुभयो।

उहाँले सुरक्षा चुनौतीहरूको प्रभावकारी व्यवस्थापन गर्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनको नीति, निर्देशन र व्यावसायिक आचरणअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको छ।


divya collage
unigloble collage