नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा १०२औँ समूहको अपराध अनुसन्धान तालिम सम्पन्न

156
shares

काठमाडौ । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा १०२औँ समूहको अपराध अनुसन्धान तालिम सम्पन्न भएको छ।
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालित ३५ कार्यदिन अवधिको अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम, १०२औँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।
समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक भाष्कर खतिवडाले तालिमका क्रममा भएका गतिविधि, उपलब्धि तथा सिकाइसम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले तालिममा सहभागी प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। साथै, उहाँले अपराध अनुसन्धानलाई थप व्यावसायिक, तथ्यपरक, प्रविधिमैत्री र प्रभावकारी बनाउनुपर्ने विषयमा महत्वपूर्ण निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो।

३५ कार्यदिनसम्म सञ्चालन भएको यस तालिमले प्रहरी अधिकृतहरूको अपराध अनुसन्धानसम्बन्धी ज्ञान, सीप, दक्षता तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।


divya collage
unigloble collage