प्रधानमन्त्री शाहको जेनजीलाई सम्बोधन : ‘सुशासन कायम हुने नै छ’

156
shares

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासनका एजेन्डा सम्बोधन गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत वर्ष २३ भदौ अर्थात् सेप्टेम्बर ८ मा भएको जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री शाहले जेनजी पुस्तालाई सम्बोधन गरेका हुन्।

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गरेको थियो। दिवसका अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदासमेत दिएको थियो।

यसै अवसरमा प्रधानमन्त्री शाहले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन स्थापना हुने विश्वास दिलाएका छन्।

उनले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ। शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’


divya collage
unigloble collage