प्रतिष्ठित ‘प्रहरी ब्याटन–२०८३’ जित्न सफल लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्रीलाई हार्दिक बधाई

689
shares

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्री यस वर्षको प्रतिष्ठित ‘प्रहरी ब्याटन–२०८३’ प्राप्त गर्न सफल हुनुभएको छ। ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रदान गरिएको उक्त सम्मान प्राप्त गर्न सफल खत्रीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

नेपाल प्रहरीमा व्यावसायिक दक्षता, कर्तव्यनिष्ठा, अनुशासन र नेतृत्व क्षमताको महत्त्वपूर्ण स्थान रहँदै आएको छ। प्रहरी सङ्गठनको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै शान्ति सुरक्षा कायम गर्न तथा नागरिक सेवामा समर्पित रहनु प्रहरी अधिकारीहरूको प्रमुख दायित्व हो।

डीआईजी खत्रीलाई प्राप्त यस सम्मानले उहाँको कार्यसम्पादनप्रतिको कदरलाई प्रतिबिम्बित गर्नुका साथै आगामी दिनमा थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

लुम्बिनी प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, अमनचयन कायम तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उहाँको नेतृत्व आगामी दिनमा पनि उपलब्धिमूलक रहने अपेक्षा गरिएको छ।