संगठित अपराधको अन्त्य गर्न जनताको साथ आवश्यक गृह मन्त्री: बादल

6.21K
shares

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले संगठित अपराधले विकासमा बाधा पुगेको भन्दै त्यसको अन्त्य गर्न जनताको साथ चाहिएको बताएका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघ चितवनको १९ औँ साधारणसभाको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री बादलले यसलाई निराकरण गर्न अब नयाँ सुरक्षा नीति ल्याउने तयारी गरेको समेत बताए । संगठित अपराध नियन्त्रण चुनौतिपूर्ण बन्न सक्ने भन्दै मन्त्री बादलले जनतालाई सुचना दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

‘औद्योगिक क्षेत्रमा संगठित अपराध चुनौतिपूर्ण बन्न सक्छ’, उनले भने, ‘सूचना दिनुहोस् जो कोहीलाई पनि कानुनको दायरमा ल्याउँछु।’अहिलेको युग विकास र समृद्धिको युग रहेको भन्दै उनले विकासका लागि बाधक बनेका ऐन नियमहरूलाई परिमार्जन गर्दै देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083