बाहिर नेविसंघका बिद्यार्थीद्धारा नाराबाजी, भित्र केन्द्रीय समिति बैठक जारी

7.57K
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ। ललितपुरको सानेपामा स्थित केन्द्रीय कार्यालयमा जारी बैठक सोमबार बिहान देखि बसि रहेको हो।

पार्टी केन्द्रीय कार्यालय बाहिर भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थीहरूले नाराबाजी गरेका छन्। नाराबाजी गरि रहेका विद्यार्थीहरूले नेविसंघका अध्यक्ष नैनसिंह महरले संगठन भित्र मनोमानी गरेको आरोप लगाएका छन्। पौडेल पक्षधर विद्यार्थी नेताहरूले सभापति शेरबहादुर देउवा समक्ष समेत आफ्ना माग राखेका थिए।

नेविसंघको महाधिवेशन गर्न माग गर्दै केन्द्रीय कार्यालय बाहिर नाराबाजी गरि रहेका छन्। नेता सिटौला पक्षधर विद्यार्थी नेता दुजाङ शेर्पाले महरको मनोमानी जारी रहे र महाधिवेशन नबोलाइए आफूहरूले समानान्तर कमिटी गठन गर्ने बताएका छन्।  सोमबार बिहान देखि बसेको बैठकमा सात जनाले आफ्नो धारणा राखेको जनाईएको छ।


unigloble collage
baneshwor multiple campus ad -2083