राष्ट्रपति भण्डारीद्धारा पशुपति मन्दिरमा पञ्चामृत पूजा सम्पन्न

9.52K
shares

काठमाडौँ । राष्ट्रपति पदमा दोस्रो पटक निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उहाँले पशुपति दर्शन विधि अनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराउनुभएको हो ।

राष्ट्रपति भण्डारी पशुपति मन्दिर भित्र

मन्दिरमा पूजा आजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय जानु भई पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माण लगायत गतिविधिका बारेमा जानकारी लिनु भएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जानकारी दिए।

 

राष्ट्रपति भण्डारी पशुपति मन्दिर भित्र

पुजाको अवसरमाअवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083