सवारी दुर्घटना कारभित्र जलेर ४ जनाको मृत्यु, ४ घाइते
वि.सं.२०७५ वैशाख १० सोमवार १५:३१
6.93K
shares
shares

भारतको मध्य प्रदेशमा कार भित्र आगलागि
भारत । भारत मध्य प्रदेशको विदिशा जिल्लामा दुईवटा कार एक–आपसमा ठोक्किदाँ चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
आइतबार राति दुई वटा कार ठोक्किएर आगलागी हुँदा एउटा कारमा सवार चार जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा कार बाट घटना पछि चार जना बाहिर निस्किए तर भोपालबाट सागर जादै गरेको अर्को कारको ढोका लक हुँदा सो कारमा सवार सबैको जलेर मृत्यु भएको स्रोतले जनाएको छ।
दुर्घटनामा अर्को कारमा सवार चार जना नै घाइते भएका छन् । उनीको सागरमा उपचार भइरहेको बताइएको छ ।
















