मोदी वैशाख २८ गते नेपाल आउने

9.46K
shares

काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते दुई दिने राजकीय भ्रमणमा नेपाल आउने भएका छन्। दिल्लीले प्रस्ताव गरेको तिथि प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरे पछि मोदी सोही दिने नेपाल आउने भएको स्रोतले जनाएको छ ।

आफ्नो कार्यकालमा मोदी तेश्रो पटक नेपाल आउन लागेका हुन् । आगामी शुक्रबार चीन जान लागेका मोदी त्यहाँ बाट फर्केको एक साता पछि नेपाल आउने तय भएको हो । शिष्टाचार महापाल सहितको टोली केही दिन पछि आउने भए पनि, सुरक्षा निकायका टोली भने काठमाडौ उत्रि सकेका छन् ।

सुरक्षाको दृष्टिकोणबाट विभिन्न क्षेत्रको अवलोकन गर्न थालेका छन् । मोदी जनकपुर समेत जाने भएकाले त्यस स्थानको सुरक्षालाई समेत ध्यानमा राखिएको छ ।

बिभिद कार्यक्रमहरु तय गर्न दूतावास, परराष्ट्र मन्त्रालय र भारतीय टोली बीच छलफल भर्इ रहेका छन् । नेपाल आउने भनेका मोदी चीन भ्रमणमा जाने चर्चा चल्दै आएको थियो । चीन भन्दा नेपाललाई पहिलो प्राथमिकता दिएकाले मोदी नेपाल आउने भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083