ओली निरंकुश, लुटतन्त्रवादी भएको भन्दै, सरकारलाई मण्डलामा पक्डिन् डा. केसीको चुनौती

Nepal Life Insurance Long Ad

काठमाडौं । डा. गोविन्द केसीले अहिलेको सरकार निरंकुश एवं स्वेच्छाचारी भएको बताएका छन् । माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने सरकारी निर्णयलाई डा. केसीले निरंकुशताको पहिलो अभ्यास भएन्दै आफूले यो निशेधाज्ञा तोडेरै छाड्ने बताए ।

लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा संक्षिप्त कुराकानी गर्दै डा. केसीले भने– ‘अहिले दुईतिहाइवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । यिनीहरु आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर, यिनीहरु न समाजवादी हुन्, न साम्यवादी हुन् । यिनीहरु लुटतन्त्रवादी हुन् । यिनीहरुलाई लोकतन्त्रको मूल्य मान्यता पनि थाहा छैन, मर्म पनि थाहा छैन ।’

माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने गरी सरकारले लगाएको निशेधाज्ञा फिर्ता लिनुपर्ने डा.केसीले बताए । उनले भने, ‘उनीहरुले यो निर्णय फिर्ता लिनुपर्छ, होइन भने म त जान्छु माइतीघरमा । म त्यहीँ गएर विरोध कार्यक्रम गर्छु ।’

तीन दिनअघि माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागिता जनाएका डा. केसीले अब सरकारले १५ गतेभित्र निर्णय फिर्ता नलिए त्यहीँ बसेर आन्दोलन सुरु गर्ने बताए ।

‘अरु मुद्दाहरु पनि उठाउने मैले विज्ञप्ति पनि निकालिसकेको छु । १५ गतेसम्म अल्टिमेटम दिएको छु, त्यसपछि म डेफिनेट्ली निशेधाज्ञा तोड्छु,’ विगतमा अनसनमार्फत आफ्ना मागहरु अघि सार्दै र सरकारलाई घुँडा टेकाउँदै आएका डा। केसीले भने, ‘म त अब त्यहीँ माइतीघर मण्डलामै बस्छु । मलाई पक्डिउन् । अरु मुद्दाहरु पनि त्यहीँ गएर गर्छु । अब त्यहीँ पक्डिउन् ।’

अहिले दुईतिहाईवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । लोकतन्त्रको मुख्य मर्म भनेको ‘फ्रिडम अफ स्पिच’ हो । हो, अलिकति जिम्मेवार भएर बोल्नुपर्छ, त्यो आफ्नो ठाउँमा छ । तर, डेमोक्रेसीको मुख्य तत्व भनेको छ ‘फ्रिडम अफ स्पिच’ हो ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...