डीआईजी ओम प्रसाद अधिकारीद्वारा धनुषा प्रहरीको निरीक्षण

प्रहरी कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्ध रहन निर्देशन

2.64K
shares

धनुषा । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको अनुगमन तथा निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा डीआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुपेश खड्का लगायत सम्बन्धित प्रहरी अधिकारीहरूको उपस्थितिमा कार्यालयका विभिन्न शाखा, हिरासत कक्ष तथा कार्यसम्पादन अवस्थाको निरीक्षण गरेका थिए।

 


निरीक्षणपश्चात आयोजित निर्देशन सम्बोधन कार्यक्रममा डीआईजी अधिकारीले कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा कार्यालय प्रमुखलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण समर्पित भई विभागले तोकेको कार्यभार इमान्दारीपूर्वक पूरा गर्न निर्देशन दिए।

उनले प्रहरी सेवामा उच्च व्यावसायिकता, नागरिक सर्वोच्चता, अनुशासन र जनसेवाप्रतिको निष्ठा कायम राख्दै प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए। साथै समसामयिक सुरक्षा विषय तथा प्रहरी कार्यसम्पादनसँग सम्बन्धित विषयमा आवश्यक निर्देशन समेत दिएका थिए।


divya collage
unigloble collage