एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भवन मर्मत सहयोगी दातालाई सम्मान

689
shares

काठमाडौं । “समुदाय प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत “हाम्रो प्रहरी” अभियानलाई लक्षित गर्दै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुँको आयोजनामा भवन मर्मत कार्यमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको छ ।

GEN-Z प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको सामुदायिक सेवा केन्द्रको भवन पुनःनिर्माण तथा मर्मतका लागि नगद तथा जिन्सी सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्मान गर्दै ताम्रपत्र अनावरण कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष मिना सिवाकोटीको सभाध्यक्षता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरे, प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज पोखरेल, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शंकर श्रेष्ठ, ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख राजेश सिलवाल, टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरे, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी, कार्यसमिति पदाधिकारी, आजीवन तथा साधारण सदस्यहरू र सामुदायिक प्रहरीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहयोगी दाताहरूको योगदानको प्रशंसा गर्दै समुदाय–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083