लागू औषधसहित तीन जना पक्राउ, ३०० ग्राम हेरोइन बरामद

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरकाे सफलता

455
shares

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३/०३/०६ गते काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलमुनि भारतबाट काठमाडौं उपत्यकासम्म लागू औषध ल्याई बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा निगरानी गरिएको थियो। सो क्रममा प्रहरीले लागू औषध कारोवारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्ने क्रममा प्रहरीको चेतावनी समेत नमानेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको जनाएको छ।

गोली लागी घाइते भएका पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३१ वर्षीय किशोर प्रसाद ओझैयाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

पक्राउ पर्नेमा: १. कैलाली टिकापुर नगरपालिका–४ का २५ वर्षीय अशोक भुल
२. सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरज कुमार मण्डल
३. पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३१ वर्षीय किशोर प्रसाद ओझैया रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागू औषध खैरो हेरोइन ३०० ग्राम र मोबाइल थान–४ बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार किशोर प्रसाद ओझैया यसअघि पनि लागू औषध मुद्दामा ३ वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवाना भुक्तान गरी २०८२/०१/१९ गते नक्खु कारागारबाट छुटेका व्यक्ति रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

(विज्ञप्ति सहित)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083