एआईजी कार्कीद्धारा डीआईजी थपलियालाई स्वागत, बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान

455
shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मधेश प्रदेश प्रहरी कार्यालयबाट सरुवा भई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हाजिर हुन आएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियालाई स्वागत गरेका छन् ।

एक कार्यक्रमकाबीच एआईजी कार्कीले डीआईजी थपलियालाई स्वागत गर्नुका साथै प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी निरीक्षक निर्मल खत्री तथा नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रअनुसार सञ्चार तथा कम्प्युटरतर्फ दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा एआईजी कार्कीले पदोन्नति भएका प्रहरी कर्मचारीलाई जिम्मेवारीअनुसार इमान्दारी, अनुशासन र व्यावसायिकताका साथ कार्यसम्पादन गर्न शुभकामना व्यक्त गरे ।

उक्त स्वागत तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083