डिआइजी सानुराम भट्टराईद्वारा प्रदेश मातका सबै जिल्ला प्रमुखहरूलाई उत्कृष्ट कार्य गर्न निर्देशन

1.66K
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईद्वारा सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूसँग भर्चुअल माध्यमबाट निर्देशन तथा सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।

सम्बोधनका क्रममा उहाँले जिल्लाको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै अपराध नियन्त्रण तथा अनुसन्धानलाई नतिजामुखी बनाउन, नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न तथा संगठनले दिएको जिम्मेवारी उच्च व्यावसायिकता र कर्तव्यनिष्ठाका साथ सम्पादन गर्न आवश्यक निर्देशन दिनुभएको छ।

साथै, मनसुनजन्य प्राकृतिक विपद्का घटनाहरू हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रहरूको पहिचान गर्न र आवश्यकता परेको खण्डमा तत्काल परिचालन हुन सक्ने गरी प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न समेत उहाँले विशेष निर्देशन दिनुभएको छ।


divya collage
unigloble collage