सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी सानुराम भट्टराईद्वारा पदभार ग्रहण

780
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले पदभार ग्रहण गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार सरुवा भई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी आउनुभएका डीआईजी भट्टराईले आज कार्यालयमा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख भट्टराईलाई कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली तथा कञ्चनपुरस्थित प्रहरी कार्यालयका प्रमुखहरू एवं प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा अवस्था, समग्र वस्तुस्थिति तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिनुभएको थियो ।

कार्यक्रममा उहाँले अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउने, नागरिक तथा पीडितमैत्री सहज र छिटो प्रहरी सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने, मानव अधिकारको संरक्षण गर्ने, प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउने, आर्थिक अनुशासन कायम गर्ने तथा लागूऔषध, तस्करी, जुवातास लगायत गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताका साथ प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।
उहाँले सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा कायम गर्न योजनाबद्ध, चुस्त र प्रभावकारी प्रहरी सेवा प्रवाहमा जोड दिनुभएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083