एसपी भुवनेश्वर साहद्वारा जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा तथा पुरस्कृत
वि.सं.२०८३ असार ३ बुधवार १९:००
shares

धनुषा। नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका गण प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर प्रसाद साहले गण मातहतका सुरक्षा वेश क्याम्पमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्नुभएको छ ।
कार्यसम्पादन, अनुशासन र जिम्मेवारी निर्वाहमा उत्कृष्ट योगदान पुर्याउने प्रहरी जवान नवीन कुमार पण्डितलाई प्रशंसा पत्र प्रदान गरिएको छ भने प्रहरी जवान महेन्द्र दास तत्मा र प्रहरी जवान देवराम यादवलाई जेठ महिनाको “उत्कृष्ट प्रहरी” घोषणा गरी पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा एसपी साहले प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै कर्तव्यनिष्ठ भएर कार्य गर्न निर्देशन दिनुभयो । उहाँले प्रहरीको काम, कर्तव्य, अनुशासन, आज्ञापालन तथा संगठनको गरिमा कायम राख्ने विषयमा समेत आवश्यक निर्देशन दिनुभएको थियो ।कार्यक्रममा गणमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
































