गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिने गोष्ठी सम्पन्न

533
shares

पाेखरा। “जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नारासहित गण्डकी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाको संयुक्त आयोजनाका साथै गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा को समन्वयमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले गण्डकी प्रदेशको समग्र सडक तथा सवारी सुरक्षाको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे विस्तृत प्रस्तुतिकरण गर्नुभयो । उहाँले दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीको विकासका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083