सीमा समस्या कुटनीतिक रुपमा समाधान हुने: परराष्ट्रमन्त्री खनाल

650
shares

काठमाडौ। भारतीय समकक्षीको डा. एस जयशंकरको निमन्त्रणामा भारतको भ्रमणका गएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । उनी तिन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् ।

भारत भ्रमणका क्रममा उनले समकक्षी जयशंकर सहित उच्च पदस्थ अधिकारीहरुसँग भेट गरेका थिए । भेटका क्रममा दुइ देशको हितका विषयमा छलफल भएको थियो । मन्त्री भएपछि मन्त्री खनालको यो पहिलो अन्तराष्ट्रिय भ्रमण हो ।

भ्रमणका क्रममा दुइ देश बीच देखिएको सीमा समस्या कुटनीतिक रुपमा समाधान का लागि छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खनालले –‘सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो ।’ अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने छलफल भएको उनको भनाई थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083