समाजप्रतिको अनुकरणीय योगदानको कदर गर्दै देव राज चौलागाईं नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसमा सम्मानित

897
shares

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा समाजप्रतिको अनुकरणीय योगदानको कदरस्वरूप देव राज चौलागाईं सम्मानित हुनुभएको छ। स्वदेशमै रहेर समाज र राष्ट्रको रूपान्तरणमा निरन्तर समर्पित चौलागाईंको सेवाभाव, सामाजिक उत्तरदायित्व र समाजप्रतिको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो।

समाजको सकारात्मक परिवर्तन, सामाजिक विकास र राष्ट्र निर्माणको अभियानमा निरन्तर सक्रिय रहनुहुने चौलागाईंको योगदानले अन्य व्यक्तिहरूलाई समेत समाजसेवाप्रति प्रेरित गर्ने विश्वास लिइएको छ।

सम्मानित हुनुभएकोमा देव राज चौलागाईंलाई हार्दिक बधाई तथा आगामी दिनमा सामाजिक विकास र राष्ट्र निर्माणको यात्रामा थप सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083