प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी

२०७५ कात्तिक २२ बिहीवार
2.9K
shares
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली ०७२ साल असोजमा पहिलोपल्ट माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका थिए । आज उनी दोस्रोपटक पनि माओवादीकै समर्थनमा प्रधानमन्त्री बनेका छन् ।
नेपाली राजनीतिका शिखर व्यक्तित्व केपी ओली को हुन् भन्ने प्रोफाइल उतारिरहन आवश्यक छैन । उनको दोस्रो कार्यकाल कस्तो रहला भन्ने टिप्पणी गर्ने पनि बेला भइसकेको छैन । दोस्रो कार्यकालका चुनौतीबारे क्रमशः समीक्षा हुँदै जाला । यहाँचाहिँ केपी ओलीको प्रोफाइलबारे अनलाइनखबरले ०७२ साल असोज २४ गते प्रकाशित गरेको सामाग्रीको ‘अर्काइभ’ सामान्य परिमार्जनसहित प्रस्तुत गरेका छौं
सामान्य पृष्ठभूमि
प्रधानमन्त्री केपी शर्मा ओली वि।सं। २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । उनी डेढ वर्षको हुँदा आमाको निधन भएको समकालीन एमाले नेताहरु बताउँछन् । उनी ४र५ वर्षको हुँदा उनका पिता मोहनप्रसाद ओली बालबच्चा लिएर झापाको सुरुङ्गामा बसाइँ झरे ।
पछि कन्काइको बाढीले ओली परिवारको घर बगाइदिएपछि उनीहरु सुकुम्बासीमा परिणत भए । ओलीलाई केही समय बडाबा र हजुरबाहरुले पाले । किशोरावस्थामा ओली रामनाथ दाहालका घरमा काम गरेर विद्यालय जान थाले । उनको १० कक्षासम्मको औपचारिक शिक्षा झापामै भयो ।
झापा झरेका र वाल्यकालमै आमाको मातृवात्सल्यबाट विमुख बनेका ओली रामनाथ दाहालका घरमा बसेर पढ्ने क्रममा रामनाथकै प्रेरणाले कलिलो उमेरमै कम्युनिष्ट बने । रामनाथ दाहाल ०२९ सालमा सुखानीमा शहीद भए । गरिवीका कारण अरुको काम गरेर बस्न बाध्य बनेका ओली ०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका हुन् ।
पाटन निवासी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका आफ्ना छोराछोरी छैनन् । भक्तपुरको बालकोट र झापाको दमकमा घर भएका ओलीले जीवनको उत्तरार्धमा परिवारका सदस्यका लागि पैसा र पदको दायित्व बोक्नुपर्ने स्थिति छैन । सुरुङ्गामा बाढीले घरजग्गा बगाएपछि झापाको पृथ्वीनगरमा बसाइँ सरेका ओलीका पिताले सामान्य किसानले जस्तै अनेक भुक्तमान भोग्नुपरेको थियो ।
ओली गृहमन्त्री भएका बेला उनका पिताको घरमा आगलागी भयो । आगलागीपछि सरकारबाट क्षतिपूर्ति पाएको पैसाले उनका पिताले सामान्य बस्न लायकको घर बनाएको छिमेकीहरु बताउँछन् । गरीबी अवस्थामा वाल्यकाल बिताए पनि ओलीले राजनीतिक यात्राकै क्रममा दमक र भक्तपुरको बालकोटस्थित अनन्तलिङ्गेश्वरमा घर बनाएका छन् । प्रचण्डले जस्तो डेरा भाडा तिरेर बस्नुपर्ने अवस्था उनको छैन ।
पार्टी र राजकीय जिम्मेवारी
केपी ओली ०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा पुगे । ०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख बनेका ओली ०४७ जेठ १ गते युवा संघको संस्थापक अध्यक्ष बने । ०४९ देखि एमालेको स्थायी कमिटी सदस्य निर्वाचित भए ।
वि।सं ०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित भएका ओली ०५१ मा पुनः सोही क्षेत्रबाट निर्वाचित भए । एमालेको ९ महिने सरकारमा ओली नेपालको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बने ।
नेपालको इतिहासमा ओलीको गृहमन्त्रीको कार्यकाल यस्तो बन्न पुग्यो, जुन ९ महिनाको अवधिमा प्रहरीको गोलीबाट नेपालमा एकजनाको पनि मृत्यु भएन । तत्कालीन प्रहरी आइजीपी मोतीलाल बोहोराले ओलीको सन्दर्भमा भनेका थिए( हाम्रो गृहमन्त्रीज्यूको त मुखैमा सरस्वती ।
०५६ सालको आम निर्वाचनमा झापा २ र ६ बाट सांसद जितेका ओली ०६४ मा भने झापाकै सोही क्षेत्रमा माओवादीका सामान्य कार्यकर्ता विश्वदीप लिङदेनबाट पराजित भए । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पुनः भारी मतका साथ जितेर आएपछि ओलीको निरन्तर बिजय यात्रा अघि बढ्यो ।
ओलीले गृहमन्त्री र पराराष्ट्रमन्त्रीका रुपमा राजकीय जिम्मेवारी दुईपटक मात्र सम्हाले र दुबैपटक विवादमा परेनन् । ०५१ मा गृहमन्त्री बनेका ओली २०६२र६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बने ।
एउटा कक्षामा एक पटकमात्र जाँच दिनुपर्छ भन्ने मान्यता राख्ने ओली मन्त्रीबाट उपप्रधानमन्त्री बनेपछि उनले अब फेरि मन्त्री नबन्ने बताएका थिए । नभन्दै एकैचोटि प्रधानमन्त्री बनेर उनी सिंहदरबारमा प्रवेश गरेका छन् ।
ओलीको शैक्षिक योग्यता सामान्य रहे पनि उनमा बाहिरी ज्ञान उच्च शिक्षा लिनेको भन्दा कम छैन । भाषा साहित्यमा उनको दख्खल राम्रो देखिन्छ । संसद सचिवालयको रेडर्कमा ओलीको शैक्षिक योग्यता ‘अनररी पीएचडी’ लेखिएको छ ।
प्रधानमन्त्री ओलीले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस र बेलारुस आदिको भ्रमण गरेका छन् ।
राजनीतिक यात्राक्रम
झापा क्रान्ति भनेपछि नेपाली राजनीतिमा अहिले पनि चर्चित छ । अझ नेपालमा कम्युनिस्ट शासन स्थापनाका लागि हतियार उठाइएको त्यो नेपालको पहिलो सशस्त्र विद्रोह थियो । झापा विद्रोह तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारवद्ध संघर्ष गर्ने कि शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा ओली शान्तिपूर्ण क्रान्तिको पक्षमा थिए ।
तर, तत्कालीन पार्टीमा सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरु सशस्त्र विद्रोहको पक्षमा उभिए । पार्टीको बहुमत हिस्सा ‘दुश्मनसँग नभिडे, सामन्तीलाई नगिँडे, आउँदैन जनवाद भाषण ठोकेर’ भन्ने गीत गाउँदै अघि बढ्यो । ओली त्यतिबेला १९ वर्षका थिए । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएका ओली त्यसको तीनरचार वर्षपछि नै पञ्चायती शासकको पञ्जामा परे ।
तत्कालीन नेकपा माले गठनदेखि ०४६ सम्म आइपुग्दा भएको राजनीतिक उतार(चढावमा ओलीले संगठनात्मक भूमिका खेल्न पाएनन् । किनभने उनी ०३२ सालदेखि ०४६ सालमा बहुदल आउँदासम्म लगभग १४ वर्ष जेलमै थिए । ओलीको उमेरको उर्जाशील समय जेलभित्रै बित्यो भन्दा पनि फरक पर्दैन । जेलबाट छुट्दा ०४६ सालमा ओली निकै दुब्ला पातला देखिन्थे । जेलबाट छुटेपछि उनी पार्टीका साथीभाइसँग गाडीभाडा मागेर झापा फर्किएका थिए ।
मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि संघर्षमा होमिएका ओली ०३० देखि ०४४ सालसम्म १४ वर्ष जेल परे । जेलभित्रैबाट पनि उनी पार्टीको रजनीतिक काममा भने सक्रिय रहे । उनले जेलबाटै चिठीपत्रका माध्यमबाट पार्टीमा विचार प्रवाह गर्थे । जेलभित्र गम्भीर बिरामी परेर मृत्युको मुखमा पुगेका ओलीलाई कसरी बचाइयो भन्ने कुरा उनका राजनीतिक सहयोद्धा राधाकृष्ण मैनालीले आफ्नो संस्मरणमा लेखेका छन् ।
ओलीले जेलबाट छुटेपछि ०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त वाममोर्चाका तर्फवाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए । त्यसपछि उनी पार्टीमा मदन भण्डारीको दाहिने हात बनेर एकाएक उदाउन थाले । ०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलामा मदन भण्डारीलाई उनले साथ दिए ।
सशस्त्र विऽोहको विपक्षमा ०२८ सालमै मत जाहेर गरे पनि अल्पमतमा परेका ओली २० वर्षपछि बहुदलीय जनवादको नीति पारित भएपछि त्यसका प्रवक्ता बनेर उभिए । त्यसैले अहिले पनि ओलीलाई एमालेमा बहुदलीय जनवादको ब्याख्याता भन्ने गर्छन् उनका समर्थकहरु । यद्यपि बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी हुन् ।
मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएलगत्तै एमालेमा नेतृत्वका दाबेदार बन्न चाहे पनि ओलीको पक्षमा माहौल बनेन । माधव नेपाल एकाएक पार्टीको नेतृत्वमा स्थापित भएपछि ओली उनको सहयोगी बने । माधव नेपालसँग ओलीको सम्बन्ध सधै उतार(चढावपूर्ण रह्यो । पार्टीमा सधैं प्रतिपक्षी भूमिकामा रहे पनि नेपाललाई निर्णायक संकटका बेलामा जोगाउन ओलीले निणांयक भूमिका खेले ।
एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्छ भनेर उनले ०५९ सालमा भएको सातौँ महाधिवेशनमा प्रस्ताव गरे । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको त्यो कार्यक्रम पराजित भयो । तर, ०६५ सालमा ओलीकै सोही कार्यक्रम पारित भयो र एमालेमा बहुपदीय प्रणाली शुरु भयो । आज आएर नेपालका सबै कम्युनिष्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूलनीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।
एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीको नेतृत्व र उनको बहुदलीय जनवादलाई साथ दिएका ओली पार्टी विभाजनका बेला नेकपा मालेविरुद्ध बडा रुपमा प्रस्तुत भएका थिए । उनले महाकाली सन्धीको बचाउमा उभिएर भारतप्रति नरम नीति लिएका थिए । बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा ओली पार्टी अध्यक्षका उम्मेद्वार थिए, तर उनी झलनाथ खनालसँग हारे । त्यसबेला ओलीले झलनाथ पक्षलाई माओवादी परस्त भएको आरोप लगाएका थिए ।

२०७५ कात्तिक २२ बिहीवार