आज आमाको मुख हेर्ने दिन, सधै आमालाई वृद्धआश्रम राखेर आज मात्र भेट्न जाने कल्चरको विकास

२०७५ वैशाख ३ सोमवार
2K
shares
काठमाडौं। आज आमाको मुख हेर्ने औँसी, नेपाली समाजमा प्रत्येक वर्ष वैशाख कृष्ण औँसीलाई मात्र आमाको मुख हेर्ने दिनको रूपमा मनाउछन्। पछिल्लो समय यस्तो कल्चर विकास भयो आमालाई वृद्धाआश्रमा राखेर आज मात्र भेट्न जाने, मानौं आमाको मुख हेर्ने वा सम्मान गर्ने यो एक दिन मात्र हो । पञ्चांग निर्णायक समितिका अध्यक्ष डा.रामचन्द्र गौतम आमाको मुख हेर्ने वा उनलाई सम्मान गर्ने विशेष दिनको विधान शास्त्रमा नभएको बताउँछन्।
जन्म दिने र संसार देखाउने र कर्मशील बनाउने आमाबाबुको सम्मान सँधै गर्नुपर्छ। औँसी विशेषगरी दिवंगत पितृआमाबुबालाई सम्झिने दिन हो’, गौतम भन्छन्, ‘पितृको सम्झनामा तर्पण, श्राद्ध आदि गर्ने विधान छ।’ गौतमका अनुसार यसैलाई लक्ष्य गर्दै कुनै समुदायले वर्षका १२ औँसीमध्येको यो औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाउन थाल्यो, भदौको औँसीलाई बाबुको मुख हेर्ने दिनको रूपमा लिन थाल्यो, कालान्तरमा सनातन संस्कृतिकै अंग यसरी बन्यो।
पूर्वीय संस्कृतिमा आमा, बाबु र गुरु देवतासरह मानिन्छन्। जन्म दिने आमा, संस्कार दिने बाबु र विद्या दिने गुरुप्रति सँधै अनुगृहीत रहने सनातन धर्म–संस्कृतिको परम्परा हो। यी तीनमध्ये पहिलो स्थान आमाकै आउँछ। अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न कठिन हुन्छ भन्ने मान्यता छ।
माता पिताभन्दा हजार गुणले महिमायुक्त हुन्छिन् भनिएको छ। यति महिमा भएकी आमालाई एक दिन मात्र सम्मान गरेर पुग्ला, सनातन संस्कृतिमा दिनहुँ मातापिताको दर्शन गर्ने उनीहरूको पूजा गर्नेसम्मान गर्ने, अनुकुलका कार्य गर्ने र चित्त नदुखाउने विधान रहेको धर्मशास्त्रका ज्ञाताहरु बताउँछने गर्छन् ।

२०७५ वैशाख ३ सोमवार