‘प्रचण्ड’ तनाव बोकेर सुकुटे, फेरि सुकुटी बोकेर बालुवाटार, के छ त योजना ?

वि.सं.२०७५ वैशाख ३ सोमवार ०३:३३
shares

संवादाता/श्याम रोक्का
काठमाडौं । भोटेकोसी किनारको ‘सुकुटे पुगेर आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जादै छन् । राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गगरेका प्रचण्ड यसपटक पनितनाव साम्य पार्न आइतबार सुकुटे पुगेका थिए ।
पूर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ। एकतामा जानै लाग्दा दाहाल माथि आफ्नै पार्टीभित्रका नेताको ‘दबाब’ तीव्र छ बढेको निकट स्रोतले जनाउ छ । एकीकरण हुँदा सैद्धान्तिक रूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष त छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठूलो दबाब नेता व्यवस्थापनमा परेको छ। उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफूलाई कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाब दिइरहेका छन्।
दाहाल आफैं पनि पार्टी एकतापछिको आफ्नो स्थान र भूमिकाबारे पिरलोमा रहेको उनीनिकट नेताहरूको भनाइ छ। ‘अध्यक्षज्यू रिफ्रेस हुन सुकुटे पुग्नुको खास कारण पनि यही हो’ दाहाल नजिकका नेताले बताए ।
एक रात सुकुटेमा आराम गरेका प्रचण्ड आज बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जान लागेका हुन् । त्यसअघि ओलीले प्रचण्डलाई फोन गरेका थिए ।