आखिर को थिए स्वर्गीय मन्त्री रवीन्द्र अधिकारी?(जिवनी)

Nepal Life Insurance Long Ad

काठमाडौँ। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका स्वर्गिय रविन्द्र अधिकारी २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए।

नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी पर्यटन मन्त्रीको रुपमा वर्तमान सरकारमा जिम्मेवारी पाएका थिए। आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता थिए।

यस अघि देशमा भएको विभिन्न सर्वेक्षणमा १० उत्कृष्ट सभासद चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासदका रुपमा चुनिएका थिए। उनलाई विगतमा गण्डकी प्रदेशको नेकपाको मुख्यमन्त्रीको उमेरदवारको रुपमा हेरिएको थियो।

राजनीतिक बिश्लेषकहरुले उनलाई नेकपाको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुन सक्ने प्रवल सम्भावना रहेको क्षमता भएको नेताको रुपमा हेरेका थिए। तर पनि पछिल्लो समय भएको वाइडबडी भ्रष्टाचार काण्डमा भने उनको नाम जोडिँदा केही प्रतिष्ठा खस्किएको थियो।

२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका रबिन्द्र अधिकारी, आफ्नो गाउँकै श्री ब्रह्म ज्योति प्रा.बी. शान्ति पंधेरा गैरागाँउबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासिल गर्नु भएको थियो। सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुन्थे।

मन्त्री अधिकारीको बिद्यार्थी राजनीति र उच्च शिक्षा

प्रवेशिका उतीर्ण गर्ने वित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नु भएकोे थियो।

बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि विद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वा्चित हुनु भएको थियो।

२०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वा्चित हुनु भएको थियो। त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उंहाले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको छ। बिगत दुई दशक देखि उंहाका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन्।

अधिकारीको विद्यार्थी आन्दोलन र जेल

पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील रहेका थिए। २०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक-पटक गरी छ महीना जेल र हिरासतमा बिताएका थिए।

२०४६को परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नु भएको थियो।

नेकपा एमाले पार्टी राजनीतिमा

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो। २०४० मा इलाका पार्टी कमिटीमा,२०४६र ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भएको थियो।

२०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र २०६३ मा पनी पुनस् सचिबमा निर्वाचित भए। ०६२र६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्धको आन्दोलनमा पटक पटक गरी पाँच महिना जेल बस्नु बसेका थिए।

संसद र संविधान सभा

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि संसदमा खेलेको भूमिका सबै लाई अबगत भएकै कुरा हो। सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्वजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोट आदि बिषयमा बिभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको थिया।

संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नु भएको थियो। संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो। २०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति रहनु भयो।

संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहनु भएको थियो। भने २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वा्चित हुनुभएको थियो। लगातार तेश्रो पटक निर्वा्चित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुनुहुन्थ्यो।

राजनीति र बिकास

राजनीति र विकास एक अर्काका अन्तरसम्बधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संबिधानसभा र संसदमा रहँदा कास्की जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्नु भयो। पोखराको पर्यटन बिकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई,पोखरा फराकिलो बनाउने,पुलहरू निर्माण गर्ने ,पोखरा बिश्वबिद्यालय ,पृथ्वीनारायण क्याम्पस लगायत विभिन्न बिद्यालयहरुको निर्माण, पोखराको खानेपानी, क्लबहरु,खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेल्नु भएको थियो।

पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोक्नु भएका अधिकारी पोखरामा अन्तराष्ट्रीय बिमानस्थल, चक्रपथ, काठमाण्डौँ पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमांडू पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो।

बिकासका लागी राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र हैन मुलुककै आर्थिक बिकासको दृष्टिकोण दिदै आउनु भएका अधिकारी एक जना बिकासप्रेमी राजनेता हुन्हुन्छ। पछील्लो समय व्यवस्थिका संसदको विकास समितिको सभापति भए पछि उहाँलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उहाँ लागी पर्नु भएको थियो।

१५ फागुन २०७५, बुधवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु