काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कडा कार्बाही हुन्छ : मन्त्री महासेठ
वि.सं.२०७५ फागुन १५ बुधवार १७:१२
7.8K
shares
shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक तथा पुलको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। मन्त्री महासेठले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिएको साना सडक तथा पुलहरुको निर्माणका लागि आवश्यक बजेटको व्यवस्था पनि तत्काल गर्ने जानकारी दिए।
बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले सरकारले प्रदेश र स्थानीय तह मातहत रहने सडक तथा पुलहरु सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाई नहुने पनि स्पष्ट पारे। मन्त्री महासेठले अलपत्र परेका सडक तथा पुलहरुको निर्माण कार्यलाई सरकारले क्रमिक रुपमा अघि बढाएको पनि बताए।















