पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम मुस्कान (फोटोफिचर)

6.62K
shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ।

बुधबार दिउँसो ताप्लेजुङमा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सातजनाको निधन भएको हो। दुर्घटनामा परेर निधन भएकामा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान) का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसी रहेका छन।

मन्त्री अधिकारी दुर्घटना हुनु पहिले तेह्रथुमको चुहानडाँडामा एक कार्यक्रममा सहभागी भएका थिए। तेह्रथुमको आठराई गाउँपालिकाले मन्त्री अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा मन्त्री अधिकारीले उक्त कार्यक्रममा सहभागीता जनाएका थिए।

उनी सदाबहार मुस्कानमा कार्यक्रममा सहभागी भएको र सम्मान थापेको देखिन्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083