बाढीपहिरोले पुर्याएइको क्षति अवलोकन गर्न प्रचण्ड चितवन पुगे!
वि.सं.२०७७ असार २७ शनिवार १५:५२
10.8K
shares
shares

काठमाडौं । बाढीपहिरोले पुर्याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।


शनिबार चितवन पुगेका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको दाहाले स्थनीयलाई बताए ।
प्रधानमन्त्रीसँग मिटिङ भए पनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको उनले बताए । माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ ।
































