त्रिबि तोडफोड : नेविसंघका ७ जना पक्राउ,अनेरास्ववियूले दियो यस्ताे कडा ‘दनक’

7.64K
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय तोडफोड गरेको भन्दै प्रहरीले नेविसंघका सात जना कार्यकर्ता गिरफ्तार गरेको छ ।

मगलबार बिहान उपकुलपति कार्यालय तोडफोड र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा उनिहरुलाई गिरफ्तार गरेको हो ।

गिरफ्तार पर्नेहरु सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर भएको नेविसंघ केन्द्रीय समितिले जानकारी दिएको छ ।

उनिहरुको गिरफ्तार, नेबिसंघका महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

यस बिषयमा नेविसंघलाई अनेरास्ववियुले भनेको छ कि “ जिम्मेवार भई विद्यार्थीहरुको हक हितको पक्षमा बोल्नुपर्नेमा विद्यार्थीका नियमित काम कारबाही अवरुद्ध गर्ने गरी तोडफोड र विभागीय प्रमुखलाई धम्क्याउने जस्ता अनैतिक र अराजक काम नगर्न आग्रह गदछौं ।” नेविसंघ कार्यकर्ताले उपकुलपति कार्यालय तोडफोड गर्नुका साथै शिक्षा शास्त्र संकायको केन्द्रीय क्याम्पसमा विभागीय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कम्प्युटर प्रिन्टरलगायत शैक्षिक सामग्री तोडफोड गरेको अनेरास्ववियुले जनाएको छ ।

त्यस्तै ‘विश्वविद्यालयमा यस्ता अराजक, अमानवीय, असंवैधानिक गैरजिम्मेवारपूर्ण कार्यप्रति हाम्रो संगठनको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी घोर भर्त्सना गर्दछ’ अनेरास्ववियुको त्रि वि कमिटीका संयोजक लोकेन्द्र ऐरीले एक विज्ञप्ति जारी गदै भनेका छन् ।

यो घटना बिहान त्रिभुवन विश्वविद्यालको उपकुलपति कार्यलय र निर्देशक चढ्ने गाडि तोडफोड भएको विश्वविद्यालयका प्रवक्ता सूर्य अधिकारीले जानकारी दिएको थिए।

केहि बिध्यार्थिहरुको दश १५ जनाको युवाहरुको समुह आएर उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक चढ्ने एउटा गाडी र कर्मचारी बोक्ने गाडीमा समेत तोडफोड गरिएको प्रवक्ता अधिकारीले बताए ।

त्यस्तै तोडफोडबाट उपकुलपति कार्यालयको झ्यालका सिसा फुटेको पनि उनले बताए ।

त्यहा बिगत केहि दिन देखि नेपाल विद्यार्थी संघ र प्रजातान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयले कर्मचारी भर्ना, पदाधिकारी नियुक्ति पारदर्शी ढंगले नगरेको भन्दै आन्दोलन गरिरहेका थिए ।

नेविसंघका केही नेता–कार्यकर्ताले मागहरु राखेर प्रदर्शन गर्ने क्रममा ‘सामान्य तोडफोड’ भएको नेविसंघ त्रिवि समितिका नेता हरि आचार्यको भनाई बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083