कोरोनाबारे अपडेट दिने प्रवक्ता गौतमले नै पत्रकार सम्मेलनमा नाक कोट्याएपछि

7.67K
shares

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बँच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनदिनै सुझाव सलाह दिने प्रमुख पात्र हुन् स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम ।

तर मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले औंलाले नाक कोट्याएको तस्विर अहिले सामाजिक संजाल तिर भाइरले चर्चा पाइरहेकाे छ ।

सधै झैं आज पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो ।

पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नाक कोट्याएको तस्विरले धेरैलाई लज्जित बनाएकाे छ ।

कोरोना अपडेटको नियमित पत्रकार सम्मेल गर्दै आएका गौतमले यस्तो काम नगर्न बारम्बार भन्ने गर्छन् ।

तर गौतमले देखाएको क्रियाकलापले आम नागरिकलाई लज्जित त बनायो नै स्वयं गौतमप्रति नैतिक प्रश्न पनि उब्जाएको छ ।

https://www.facebook.com/MuktiOnline/videos/303876947493759/?t=24


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083