पुजारीको हत्यारा पक्राउ गर्नुको साटो न्याय माग्नेलाई नै कारवाहीको चेतावनी दिनु दुर्भाग्यपूर्ण : महासचिव सिंह

रौतहटका पुजारी श्रीराम साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै  शुरु भएको दवाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।
आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै सो निर्देशन दिएको छ ।
नारायण नगरपालिका–२ स्थित हनुमान मन्दिर परिसरमा गोली हानेर हत्या गरिएको घटनाको हत्या अनुसन्धान गर्नेबारे चाहिँ गृहले सो सर्कुलरमा केही उल्लेख गरेको छैन ।
पुजारीको हत्यारा पक्राउ गर्नुको साटो न्याय माग्नेलाई नै कारवाही चेतावनी दिनु दुर्भाग्यपूर्ण एवं निन्दनीय रहेको छ । यतिका दिन वितिसक्दा पनि पुजारीको हत्यामा संलग्नहरुलाई खोजेर कारबाही गर्न आदेश दिनुको साटो पुजारी हत्याको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिनुले सरकारको नियतमा समेत प्रश्न–चिन्ह खडा गरेको छ ।

कस्तो सरकार हाम्रो ! न्याय माग्दा कारवाही गर्ने चेतावनी, हाम्रो देश चलाउनेहरू अपराधी कै संरक्षण गर्न तत्पर त छैनन् ?  अपराधी विरुद्ध कडारुपमा प्रस्तुत हुनुको साटो पिडितको लागि आवाज उठाउनेको आवाज दबाउने प्रयास किन? के देशमा गुण्डा राज कायम भएकै हो त ? देशका वहुसंख्यक हिन्दू उपर सरकारबाटै दमनको प्रयास किन ? सातादिन बितिसक्दा पनि यस्तो बन्दाबन्दीको समयमा पनि पुजारीको हत्यामा संलग्नहरु पक्राउ नपर्नु कतै कुनै ठुलो षडयन्त्र त होइन ?

nb

 

हिन्दूवादी व्यक्ति एवं संगठनको नाम नै तोकेर,हत्याको विरोध गरे थुन्न आदेश दिने सरकारले भोली हिन्दूहीतको कुरा गर्नेलाई पनि कुनै बाहानामा थुन्न सक्छ ।
त्यसैले सम्पूर्ण हिन्दूवादी एकजुट हुनु अति आवश्यक रहेको छ । सरकारद्वारा दमनशैलीमा आएको यस्तो आदेशबाट अलिक पनि विचलित नभई झन सशक्त रुपमा संघर्ष गर्दै अगाडी बढ्नुको विकल्प छैन  ।
विश्व हिन्दू परिषद नेपालको तर्फबाट सम्पूर्ण सनातन हिन्दूवादी व्यक्ति एवं संगठनलाई न्यायका लागि आ–आफ्नो स्तरबाट आवाज उठाउदै अगाडी बढ्न आवाहन गर्दछु ।
जय श्री राम । नेपाल आमाको जय ।।
-जितेन्द्र कुमार सिंह
महासचिव, विश्व हिन्दू परिषद् नेपाल 

११ भदौ २०७७, बिहीवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु