अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम सम्पन्न
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १४:०२
shares

सिन्धुपाल्चोक, चौतारा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटी असोज २० गते टुङ्गो लागेको करिब दुई महिना पछि सिन्धुपाल्चोक अनेरास्ववियू जिल्ला कमिटीले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।
सपथ ग्रहण कार्यक्रममा नेकपा जिल्ला स-इन्चार्ज सुबोध, सरल सहयात्री, अनेरास्ववियू केन्द्रिय नेता सुरेन्द्र बस्नेत, सुदेश पराजुली, कार्यक्रमका अध्यक्ष तथा अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटी संयोजक मिलन लामा र स-संयोजक हिरा चौलागाईंले सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका हुन् ।
नेकपाका सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल, सुवाष कर्मचार्य र अनेरास्ववियू केन्द्रिय सदस्य श्याम रोक्का, प्रसुन कार्की, पार्वती शर्मा, रन्जित आचार्य, महेश श्रेष्ठ, सिपि दुलाल, चिरञ्जीवी कट्टेल लगायत नेताहरूको उपस्तिथि रहेको थियो।


































