प्रधानमन्त्री ओलीको कार्यशैली सच्याउन चेतावनी दिदै अनेरास्ववियूको भेला सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । नेकपाभित्रको विवाद तीव्र भइरहेका बेला अनेरास्ववियू संस्थापन पक्ष स- संयोजक रन्जित तामाङको नेतृत्वमा अनेरास्ववियूको भेला थापथली क्याम्पसमा सम्पन्न भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षधर युवा-विद्यार्थीले शुक्रबार छुट्टै भेला सम्पन्न गरेका हुन्।

थापाथली क्याम्पसमा बागमती युवा विद्यार्थीको भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य,स्थायी कमिटी सदस्य पम्फा भुसाल, लेखनाथ न्यौपाने, रामकुमारी झाक्री लगायत नेकपाका नेता उपस्थित छन्।

भेलालाई नेकपा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रामकुमार झाँक्री, रन्जित तामाङ, सुदेश पराजुलीले सम्बोधन गरेका छन् ।

त्यस्तै भेलामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट विद्यार्थी नेताहरू रन्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलक राजभण्डारी, पंन्चा सिहं, विजय गौतम, इन्द्र भुषाल, उत्तम अधिकारी लगायत विद्यार्थी नेताहरू उपस्तिथि रहेका थिए भने  नेकपा वरिष्ठ नेता माधव नेपाल पक्षधर युवा-विद्यार्थीहरुमा सुदेश पराजुली,ओसिम आलम, एसु लामा लगायत उपस्तिथि रहेको थियो ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनीइतर समूहबीचको विवाद चुलिएको छ। प्रचण्डले गत कात्तिक २८ गते सचिवालयमा पेस गरेको प्रतिवेदनलाई ओली पक्षले आरोप पत्र भनेका छन्।

जवाफमा प्रधानमन्त्री ओलीले मंसिर १३ गते अर्को प्रस्ताव सचिवालयमा दर्ता गरेका छन्।  अहिले दुबै प्रस्ताव सचिवालयमा छलफलका क्रममा रहेको भए पनि ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनु पर्ने अडान राख्दै आएका छन्।  प्रचण्डले भने उक्त प्रस्ताव आफ्नोमात्र नभई अरू पाँच सचिवालय सदस्यको पनि भएकाले त्यसलाई फिर्ता गर्न नसकिने बताउँदै आएका छन्।

दुई पक्षबीच कुरा नमिल्दा सचिवालय बैठकले  कुनै निर्णय गर्न सकेको छैन भने मंसिर १८ गतेका लागि डाकिएको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ।

१९ मंसिर २०७७, शुक्रवार १६:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु