प्रचण्ड माधव पक्षको बिद्यार्थीको अलग्गै भेला

9.74K
shares

नेकपा भित्र देखिएको बिबादले तल्लो स्तरमा पनि प्रभाव पार्न थालेको छ । यस अघि ओली पक्षले एक लौटी सरकारको बचाउमा र आफ्नै नेताहरु बिरुद्ध लक्षित गर्दे भेला प्रदर्शन गरेको आरोप लाग्ने गरेको थियो ।

तर यस पटक प्रचण्ड माधव पक्षले पनि तल्लो स्तरमा सक्रियता देखाउन थालेको छ ।
आज थापाथली क्याम्पसमा प्रचण्ड माधव पक्षका बिद्यार्थीहरुको भेला भएको हो ।

भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य,स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायत उपस्थित छन्।

ओली र प्रचण्डमा वा सचिवालय हुँदै स्थायी समिति सम्म झरेको बिबाद भदौमा केही मत्थर भएर सहमति भएको भएपनि दुबै पक्षबीच फेरी कटुता बढेको छ ।

कार्तिक २८ गते प्रचण्डले एकलौटी रुपमा पेश गरेको प्रतिवेदनमा ओली सरकार र पार्टी चलाउन असफल भएको भन्दै घुमाउरो भाषामा राजीनामा माग गरिएको छ ।

आफूमाथि आरोप लगाएर ल्यायको प्रतिवेदन नै नभई आरोप पत्र मात्र भएको भन्दै त्यसमा छलफल नगर्ने अडान राख्दै ओलीले सचिवालयको बैठक समेत छाडेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083