काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हट्याे
वि.सं.२०७७ पुस २ बिहीवार २०:१३
7.89K
shares
shares

File Photos
काठमाडौं उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली हटेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
जोरबिजोर प्रणाली अनुसार यातायातका साधन संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुहरुको चाप झन बढी भएकोले सर्वसाधारण यात्रुको असुविधा भएको समेत प्रशासनले विज्ञप्तिमा जनाएकाे छ ।
भोलि शुक्रबार ३ गते विहान देखि लागू हुने गरी काठमाडौं उपत्यकामा सवारी साधन लगाइएको जोर विजोर प्रणाली हटाइएको बताइएको छ ।
कार्यालयले मापदण्ड पालना नगरी सवारी साधन संचालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत बताएको छ ।
असोज १ देखि काठमाडौं जिल्लाभरि सवारी साधन जोरबिजोर प्रणाली लागू गरिएको थियो ।



























