दिदि र विधि पक्षधरमा विभाजित नहुन नेताकार्यकर्तालाई उपाध्यक्ष ईन्द्र भुसालको आग्रह

8.5K
shares

काठमाडौ । अखिल (क्रान्तिकारी) भित्रको विभाजित मानसिकतालाई एकीकृत मानसिकता निर्माण अभियानमा सहभागी हुन अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष ईन्द्र भुषालले आग्रह गरेका छन् । आज सानोठिमी बहुमुखी क्याम्पसमा आयोजित विद्यार्थी सगको साक्षत्तकार कार्यक्रममा नेता भुषालले कोही विधिको पक्षधर कोही दिदिको पक्षधर रुपमा जबर्जस्त अत्तिवादी प्रवृति र समुहको विकास गर्न खोजिएको भन्दै यस्ता गतिविधिलाई रोक्न समेत आग्रह गरेका छन् ।

क्रान्तिकारीको धार भुत्तेभएकाले धारिलो हत्तियारको रुपमा क्रान्तिकारी धार बनाउन, सगठन भित्र उमेरहद कायम गर्न, स्ववियु निर्वाचन अविलम्ब गर्दै अखिल( क्रान्तिकारी ) विद्यार्थीहरुको सगठन बनाउन कार्यक्रम र आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बनाउन समेत अपिल गरेका छन् ।साथै उनले विशेष भेला र सम्मेलन मार्फत सगठनको समस्या हल गर्न पर्ने धारणा समेत व्यक्त गरेका छन् ।

त्यसै सगठनका अर्का उपाध्यक्ष लक्ष्मी जैसीले पनि सगठनमा देखापरेको समस्याको निराकरण गर्न विषेश भेला र राष्ट्रिय सम्मेलनमा जान पर्ने कुरामा जोड दिएका छन् । त्यस्तै उपाध्यक्ष डा.अच्युत भट्टले दुई खाले प्रवित्तिकोको मिच्याइ र हस्तक्षेपले सगठनका इमानदार सक्रिय नेता कार्यकर्तामा अन्याय हुन दिन नहुने समेत आग्रह गरेका छन् ।
केन्द्रिय सचिवालय सदस्यहरु इन्द्र लामा,श्याम रोक्का, दुधराज लामा, रमेश खड्का, पार्वती शर्माले पनि आफ्नो धारणा राखेका थिए।