गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्न नसक्नु बुद्धको अपमान हो- पुर्व मन्त्री डा. लामा

11.15K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता पुर्व मन्त्री बौद्ध धर्म गुरु डा. ल्यारक्याल लामा  (खेन्पो छिमे छिरिङ) ले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्न नसक्नु बुद्धको अपमान हुने बताएका छन् ।

विश्व बौद्ध शिखर सम्मेलन २०२३, अन्तर्राष्ट्रिय बौद्ध महासंघ (IBC) द्वारा आयोजित कार्यक्रममा खेन्पो रिन्पोर्छे छिमे छिरिङले उक्त आफ्नो धारणा अन्तर्राष्ट्रिय  जगतमा व्यक्त गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको विश्व बौद्ध सम्मेलनमा उनले सम्बोधन गर्दै डा.लामाले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्न नसक्नु बुद्धको अपमान भएको बताएका हुन् ।

डा.लामाले भारत र बुद्धको पनि पवित्र सम्बन्ध र भुमिका भएकोमा कुनै द्वविधा नभएको बताए। कुनै बेलाको गणराज्य लुम्बिनीमा बुद्ध जन्मिएको भन्न कसैले आनाकानी गर्न अन्तर्राष्ट्रिय बुद्ध अवलम्बिहरुलाई आग्रह समेत गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083