निर्धारित समयमै चुनाव हुनुपर्ने ओलीको जोड

2.04K
shares

१० फागुन,काठमाडौं। केपी शर्मा ओलीले निर्धारित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन्। नेकपा एमालेका अध्यक्ष ओलीले चुनाव स्थगित गराउने प्रयास भइरहे पनि आफूहरू चुनावी तयारीमै केन्द्रित रहेको बताए।

ओलीका अनुसार निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूले ठूलो रकम खर्च गरिसकेकाले अब चुनाव सार्ने कुरा उपयुक्त नहुने उनले उल्लेख गरे। विगत ६ महिनादेखि निर्वाचन सुनिश्चित गर्न पहल गरिए पनि अन्तिम समयमा आएर चुनाव नहुने चर्चा हुनु गलत भएको उनको धारणा थियो।

उनले एमाले कुनै अन्योलमा नपरी चुनाव जित्ने लक्ष्यसहित अघि बढेको बताए। निर्धारित समयमा निर्वाचन भए पार्टीले स्पष्ट विजय हासिल गर्ने दाबी समेत उनले गरे।

यसै क्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अप्रत्यक्ष रूपमा आलोचना गर्दै आधार कमजोर भएकाहरूले वातावरण बिथोल्ने गतिविधि गरिरहेको आरोप लगाए। चुनावी माहोल बिगार्ने प्रयास सफल नहुने भन्दै उनले सबैलाई शान्तिपूर्ण प्रतिस्पर्धामा आउन आग्रह गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083