जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक: ओलीसहित उच्च पदाधिकारीमाथि अनुसन्धान सिफारिस
वि.सं.२०८२ चैत ११ बुधवार २०:२२
shares

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग को प्रतिवेदन सार्वजनिक भएको छ।
सरकारले औपचारिक रूपमा सार्वजनिक नगर्दै उक्त प्रतिवेदन बुधबार बाहिरिएको हो। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ।
त्यस्तै, आयोगले आन्दोलनका क्रममा हेलचेक्र्याइँ हुँदा युवाहरूको ज्यान गएको ठहर गर्दै तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुत्तराज थापा तथा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाल लाई पनि कारबाहीका लागि सिफारिस गरेको छ।
आयोगले उनीहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा १८२ बमोजिम अभियोजन गर्नुपर्ने ठहर गरेको जनाएको छ।
प्रतिवेदन सार्वजनिक भएसँगै उक्त घटनामा संलग्न उच्च पदाधिकारीमाथि कानुनी प्रक्रिया अघि बढ्ने विषयमा थप बहस र चासो बढेको छ।































