नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न, मन्त्रिपरिषद् गठन पूरा

1.22K
shares

१३ चैत ,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवास मा आयोजित विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रधानमन्त्री शाहले यसअघि नै आजै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।

शपथ ग्रहण समारोहमा वैदिक विधिअनुसार बटुकहरूद्वारा स्वस्तिवाचन तथा लामाहरूबाट मंगलवाचन गरिएको थियो।

नयाँ मन्त्रिपरिषद् गठनसँगै मन्त्रालयहरूको जिम्मेवारी यसप्रकार बाँडफाँट गरिएको छः

  • प्रधानमन्त्री बालेन्द्र शाह ले रक्षा तथा उद्योग मन्त्रालयसमेत सम्हालेका छन्।
  • स्वर्णिम वाग्ले — अर्थमन्त्री
  • सुधन गुरुङ — गृहमन्त्री
  • शिशिर खनाल — परराष्ट्र मन्त्री
  • सुनिल लम्साल — भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
  • विराजभक्त श्रेष्ठ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
  • खड्कराज पौडेल (गनेश) — पर्यटन मन्त्री
  • सस्मित पोखरेल — शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
  • निशा मेहता — स्वास्थ्य तथा जनसंख्या मन्त्री
  • विक्रम तिमिल्सिना — सञ्चार मन्त्री
  • प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
  • दीपक साह — श्रम मन्त्री
  • सोविता गौतम — कानुन मन्त्री
  • सीता वादी — महिला, बालबालिका मन्त्री

नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकारले पूर्णता पाएको छ भने अब नीति तथा कार्यक्रम कार्यान्वयनतर्फ सरकार केन्द्रित हुने अपेक्षा गरिएको छ।