प्रधानमन्त्री बालेनको शपथ समारोहमा पाँच पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित

1K
shares

१३ चैत, काठमाडौं। बालेन शाह नेतृत्वको नयाँ सरकार गठनसँगै आयोजित शपथ ग्रहण समारोहमा मुलुकका पाँच पूर्वसरकार प्रमुखहरूको उपस्थिति देखिएको छ भने केही प्रमुख नेताहरू भने अनुपस्थित रहे।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका थिए।

त्यसैगरी अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा उपस्थित थिए।

यता, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने समारोहमा अनुपस्थित रहे।

अर्का पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस का पूर्वसभापति शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा सहभागी हुन सकेनन्।

प्रधानमन्त्री बालेनको शपथ समारोहले देशको राजनीतिक वृत्तमा व्यापक चासो र चर्चा उत्पन्न गरेको छ।