इरान युद्धले अप्ठ्यारो स्थितिमा पारिदियो: भ्लादिमिर पुटिन

312
shares

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग जोडिएको जारी सङ्घर्षले रुसलाई अप्ठ्यारो स्थितिमा पारेको बताएका छन्। उनले उक्त सङ्घर्ष छिट्टै अन्त्य हुने आशा व्यक्त गर्दै लामो समयसम्म जारी रहे सबै पक्षलाई नोक्सान हुने चेतावनी दिएका छन्।

बीबीसीका अनुसार शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले भने, “यो निकै जटिल सङ्घर्ष हो र यसले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदिएको छ, किनभने इरान र फारसको खाडीका देशहरूसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध छ।”

इरान र अमेरिकाबीच जारी वार्ताको सन्दर्भ उल्लेख गर्दै उनले कुनै पनि पक्षले यो सङ्घर्ष लम्ब्याउन नचाहेको विश्वास व्यक्त गरे।

हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले रुस भ्रमणका क्रममा पुटिनसँग भेटवार्ता गरेका थिए। भेटमा क्षेत्रीय सुरक्षा, द्विपक्षीय सम्बन्ध र सङ्घर्ष समाधानका विषयमा छलफल भएको जनाइएको छ।

रुसले यसअघि पनि सबै पक्षलाई संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै आएको छ। साथै, रुसले इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको संकेतसमेत दिएको छ।