घुस प्रकरण : सदस्यीय कमिटी गठन गरेर पाठकमाथि अनुसन्धान

6.07K
shares

काठमाडौं । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकविरुद्ध अदुअआले अनुसन्धान थालेको छ। सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको अदुअआका प्रवक्ता रामेश्वर दंगालले बताए।

पठकमाथि औपचारिक अनुसन्धान सुुरु भएको जानकारी दिँदै प्रवक्ता दंगालले भने, ‘विस्तृत अनुसन्धान सुरु गरेका छौं। अदुअआले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो। महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि अदुअआले छानबिन गर्न सक्ने राय दिएको थियो।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाभियोग लगाउने तयारी गरेपछि पाठकले राजीनामा बुझाएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083